एमालेलाई भोट नदिँदा राहत पाएनौं

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–१० की कुसमीदेवी रामको विनाशकारी बाढीले विध्वम्स पारयो । बाढीले न रह्यो घर न रहयो जीवनभर कमाएको आम्दानी । झण्डै १० दिनदेखि उनको परिवार भोकै छ । भोकै भएपनि उनको परिवारले राहत पाउन सकेको छैन । राहत पाउन नसक्नुको कारण बन्यो स्थानीय तहको मतदान। आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारण आफूलाई राहत नदिएको उनले गुनासो गरेकी छिन् ।

स्थानीय भनमन्ता रामको दुखेसो पनि उस्तै छ। उनले पनि एक साता अगाडि आएको बाढीबाट पूर्ण प्रभावित भए पनि राजनीतिमा फरक आस्थाकै कारण राहत पाएनन्।

यी दुई त्यो ठाउँका लागि उदाहरणको पात्र मात्र हुन्। उनीहरु जस्तै इनरुवा–१० जल्पापुरमा रहेका करिब ३० परिवार राम बस्तीले अहिलेसम्म राहत पाएका छैनन्। सबैको कारण एउटै हो स्थानीय तहको निर्वाचनमा अर्कै पार्टीलाई गरेको मतदान।

 

एक साता अगाडि आएको बाढीबाट पीडित बनेर भोकभोकै बस्दासमेत आफूहरुलाई राजनीतिक र जातीय विभेद गरेको तथा चुनावमा भोट नदिएको भन्दै जनप्रतिनिधिले समेत विभेद गरेको स्थानीय सुवालाल रामले बताए।

वडामा एमाले उम्मेद्धार विजयी भएका छन् । तर वडा अध्यक्षले राहतै नदिएको स्थानीय मोहमद जावेद अख्तर बताउँछन् । तर वडा अध्यक्ष मोहमद सुल्तान त्यो कुरालाई ठाडै अस्वीकार गर्छन्। आफूले वडागतरुपमा राहत वितरण गर्दै आएको उनले बताए। मैले राहतमा कुनै राजनीति गरेको छैन, क्रमिकरुपमा राहत वितरण भइरहेको छ, उनले भने ।

तर वडा अध्यक्ष सुल्तानको कुरालाई स्वीकार गर्न तयार छैनन् स्थानीय। आफू राहत वितरण गरिरहेको बेला राहतका लागि वडा कार्यालयमा गएको र राहत माग्दा तैले अर्कै पार्टीलाई मतदान गरेका कारण दिन नमिल्ने प्रतिक्रिया पाएको रामले दुखेसो पोखे।

गाउँमा सञ्चारकर्मी पुग्दा पीडित रुवाबासी गर्दै र केही भक्कानिँदै आफूहरुलाई राहत र बसोबासको वातावरण मिलाइदिन माग गरेका थिए। त्यसैले दुःख परेको बेला कसैलाई विभेद नगरी राहत वितरण गर्नु पर्ने आवश्यकता देखिएको छ। राससको सहयोगमा

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice