चलचित्र निर्माण गर्दै धमला पत्नी, आफैंले नायिका बनेर खेल्ने

काठमाडौँ


पत्रकार एबम रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाकी पत्नी एलिजाले अब फिल्म निर्माण गर्ने भएकी छिन। आफ्नी पत्नीको बारेमा हरेक स्थानमा प्रशंशा गर्ने ऋषिको एलिजालाइ नायिका बनाउने सपना अब पुरा हुने भएको छ ।
नाम सार्वजनिक नगरिएको फिल्ममा एलिजा आफैं नायिका बन्ने बताइएको छ ।तर नायकको लागि भने उनले फरक अनुहारलाई रोजेकी छिन।सत्य चौलागाईंको निर्देशन र सुगम पोखरेलको संगीत रहने नयाँ चलचित्रमा नायक भने दीपक घिमिरे रहने बताइएको छ।

यही आउँदो दशैं र तिहारको समयमा छायांकन सुरु गरिने चलचित्रको अहिले प्रि-प्रोडक्सनको काम भइरहेको एलिजाले बताइन।ऋषि धमला आफैंले पनि केही चलचित्रमा अभिनय गरिसकेका छन्। केही छिटफुट टेलिचलचित्रहरुमा समेत धमलाको अभिनय देखिएको थियो ।तर आफैंले निर्माण र नायिका रहने चलचित्रमा एलिजाले नायक चाहिं किन ऋषिभन्दा दोश्रो व्यक्तिलाई रोजिन भन्ने गसिपहरु अहिले विभिन्न ठाउँमा सुनिन थालेका छन् ।

फिल्मका लागि एलिजाले छानेको नायक सबैका लागि नयाँ नै भएको बताइएको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice