दुइतिहाइका लागि ४८ मत नपुगेपछि संविधान संशोधन विधेयक अस्वीकृत

काठमाडौँ


संविधान संशोधनका लागि सोमबार संसदमा भएको मतदानबाट संशोधनको पक्षमा आवश्यक दुइतिहाइ मत अपुग भएपछी प्रक्रियामा गएर पनि संशोधन विधेयक अस्वीकृत भएको छ । यही विषयलाई लिएर सत्तारुढ दलहरु र प्रतिपक्षीबीच लामो समयको रस्साकस्सीपछी सोमबार संसदमा मतदान भएको थियो ।

सोमबार साँझ भएको मतदानमा हाल संसदमा प्रतिनिधित्व गर्ने ५९२ सांसदहरुमध्ये ५५३ जनाले मात्र सहभागिता जनाएका थिए।मतदान सकिएपछि भएको गणनामा संशोधनको पक्षमा ३४७ र विपक्षमा २०६ मत मात्र परेको थियो ।पक्षमा खसेको मतबाट दुइतिहाइका लागि जम्मा ४८ मत नपुगेपछि सभामुख ओनसरी घर्तीले विधेयक अस्वीकृत भएको घोषणा गरिन।
विधेयक अस्वीकृत भएको घोषणा गर्दा प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाका सांसदले लामो समयसम्म टेबुल ठोकेर स्वागत गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice