राष्ट्रपतिको एक महिनाको तलब डुबान र बाढीपीडितलाई

 काठमाडौं


राष्ट्रपति विद्यादेवी भण्डारीले तराईका बाढी र डुबान पीडितलाई आफ्नो एक महिनाको तलब उपलब्ध गराउने घोषणा गरेकी छन्।

प्रमुख तीन दल र मधेसी शक्ति राजपाका सांसदले एक महिनाको तलब दिने घोषणा गरिसकेका बेला राष्ट्रपति भण्डारीले सोमबार एक विज्ञप्ति जारी गर्दै एक महिनाको तलब बराबरको रकम मधेसका बाढीपीडितका लागि उपलब्ध गराउने घोषणा गरेकी हुन् ।

अविरल वर्षाका कारण मुलुकका अधिकांश क्षेत्रमा आएको बाढीका र पहिरोका कारण ठूलो क्षति भएकाले ती क्षेत्रहरुमा राहत, उद्धार र पुनःस्थापनाका लागि राष्ट्रपतिको एक महिनाको तलब प्रधानमन्त्री राहत कोषलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यस्तै, राष्ट्रपतिका बिज्ञहरुको ७ दिन बराबरको तलब, स्वकीय सचिवसमेत सचिवहरुको ५ दिनको, सहसचिवको ३, उपसचिव र शाखा अधिकृतको २ तथा सहायक स्तरका सबै कर्मचारीको एक दिनको तलव बराबरको रकम प्रधानमन्त्री कोषमा जम्मा हुने गरी छुट्याइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice