• शुक्रबार ०३, कार्तिक २०७४

म कसैलाई भोकै बस्न दिन्नः प्रधानमन्त्री

काठमाडौं। पूर्वी तराईका बाढी पीडितले ६ दिनमा ३ छाक खाएको गुनासो गरिरहेका बेला सुदुरपश्चिमको कैलाली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पीडितहरुलाई एक छाक पनि भोकै नराख्ने प्रतिबद्धता गरेका छन् । विहीबार बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षणमा कैलाली पुगेका प्रधानमन्त्री देउवाले बाढी पीडितलाई भोकै नराख्ने बताएका छन् ।

‘राहतको कुनै कमि छैन, कोही भोकै पनि बस्नु पर्दैन, सवै ब्यवस्था गरेको छु’ कैलालीका बाढी पीडितलाई राहत वितरण गर्दै भने ‘खाद्यान्न लत्ता कपडा र पालहरु व्यवस्था भइसकेका छन्, नभएकालाई पनि तत्काल ब्यवस्था हुन्छ ।

कैलालीमा जम्मा १० मिनेट बिताएका देउवाले त्रिपाल टाँगेर बस्न सवै बाढीपीडितलाई आग्रह गरेका छन् । विपतको बेला सबै मिलेर बस्न पीडितहरुलाई सल्लाह समेत दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice