प्रचण्डद्धारा सरकारी राहत पार्टीका नामबाट वितरण !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारी राहत पार्टीका नामबाट बाढी पीडितलाई हस्तान्तरण गरेका छन् । बुधबार दिउँसो प्रचण्ड गृहमन्त्री जनार्दन शर्मा, आपुर्तिमन्त्री शिवकुमार मण्डलसहित सरकारी राहत लिएर सप्तरी पुगेका थिए ।

सप्तरी पुगेका दाहालले ३ सय बाढी पीडितलाई राहत हस्तान्तरण गरे । सप्तरीको हनुमान नगरको इनरुवास्थित मुसहरीटोलका १०० बाढी पीडतललाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका खाद्यान्न सामग्री पार्टीका नामबाट हस्तान्तरण गरियो । तर राहत सामग्री गृहमन्त्रालयले पुरयाएको थियो ।

त्यसपछि हेलिकप्टरमा राजविराज पुगेका थिए । राजबिराज नगरपालिका वडा नं १५ मा २०० बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गरे । राहत वितरण गर्दा उनले भने ‘हाम्रो पार्टीले बाढी प्रभावित सबै जिल्लामा उद्दार, राहत र पूनर्बासका लागि काम गरिरहेको छ, यो राहत पनि पार्टीबाट हामीले उपलब्ध गराएका छौ ।’  दाहालले पार्टीका नामबाट हस्तान्तरण गरेको राहत गृहमन्त्रालयबाट गएको थियो ।

‘तपाईहरुको दुखमा साथ दिन म आएको हुँ । सरकार र पार्टीको तर्फबाट बाढी पीडितलाई राहतको व्यवस्था गरिनेछ । मृतकका परिवारलाई २ लाख क्षतिपूर्ति र क्षतिग्रस्त संरचनाहरुको पूनर्निर्माणमा हाम्रो तर्फबाट पुरै कोशिस हुनेछ’, प्रचण्डले भने ‘२ वर्षअघि पहाडमा बिनासकारी भूकम्प आयो, तपाईहरुले दिल खोलेर सहयोग गर्नुभयो । अहिले मधेशमा बिपत्ति आएको छ, पहाड पनि त्यसरी नै तपाईहरुलाई दिल खोलेर सहयोग गर्छ उनले भने ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice