अड्किएर रहेको संविधान संशोधनको बिधेयकमा बुधबार छलफल हुँदै

काठमाडौँ


व्यवस्थापिका संसदको बुधबार बस्ने बैठकको कार्यसूचीमा लामो समयदेखि अड्किएको संविधान संशोधन विधेयकमा छलफल गर्दै संशोधन निर्णयार्थ प्रस्तुत गर्ने र पारित गरियोस् भनी प्रस्ताव राख्ने उल्लेख छ।

कार्यसूचीको छैटौँ बूँदामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै सातौँ बुँदामा सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

संविधान संशोधन विधेयकमा ५० वटा संशोधन प्रस्ताव छन्। संशोधनमा दफावार छलफल भएको छैन। त्यसैले आज पारितको प्रक्रिया सुरु नभए पनि दफावार छलफल हुन सक्ने सम्भावना छ। कार्यसूचीको आठौँ बुँदामा भने मन्त्री थापाले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७४ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिनेछ।

संविधान संशोधनको विषयमा नै छलफल गर्न आज साँझ ४ बजे तीन दलको बैठक पनि डाकिएको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice