बाढी पीडितलाई टिएसएनको ५० हजार स्वच्छ खानेपानी

काठमाडौं । स्वास्थ्यकर्मीहरुले दुषित खानेपानीका कारण बाढी प्रभावित क्षेत्रमा महामारी फैलिनसक्ने चेतावनी दिइरहेका बेला टीएसएन फाउन्डेसनले स्वच्छ पानी वितरण गर्ने घोषणा गरेको छ । बाढी प्रभावित क्षेत्रमा पीडितहरुले दुषित पानी पिउन बाध्य भएका छन् । पानीका मुहानहरु डुवानमा परेपछि धमिलो पानी प्रयोग गरिरहेका छन् ।

टिएसएन फाउन्डेशनले बाढी प्रभावित क्षेत्रमा ५० हजार बोटल प्रशोधित पानी पठाउने भएको छ । उद्योग बाणिज्य महासंघको केन्द्रीय दैविप्रकोप कोष मार्फत बाढी पीडितहरुमा स्वच्छ पिउने पानी पठाउने तयारी गरेको फाउन्डेशनका अध्यक्ष भरतराज आचार्यले बताए । भोक र प्यासका बेला पीडीतले दुषित पानी पिउने र त्यसले महामारी फैलाउने भएपछि त्यसलाई रोक्न फाउन्डेशनले स्वच्छ खानेपानी पठाउने भएको छ ।

अविरल बर्षापछि आएको बाढी पहिरोले तराईका २२ जिल्लामा ठुलो धनजनको क्षति पुरयाएको छ । ९१ जनाको ज्यान गएको छ भने ३८ जना अभै बेपत्ता भएका छन् । ५० हजार घरपरिवार विस्थापित भएका छन् । प्राकृतिक प्रकोपमा परी मृत्यु भएका प्रति चिरशान्तिको कामना गर्दै फाउन्डेशनले तत्काल विस्थापितहरुलाई राहत पुराउन सवैसँग आग्रह गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice