अभिनेत्री प्रियंका कार्की सरकारबिरुद्ध आक्रोस

काठमाडौं । नेपाली चलचित्रकी चर्चित अभिनेत्री प्रियंका कार्कीले बाढि पीडितहरुको उद्धार र राहतमा ढिला गरेको भन्दै आक्रोस पोखेकी छिन् । सामाजिक सञ्जाल मार्फत उनले सरकारको ढिला सुस्तीप्रति आक्रोस पोखेकी छिन् ।

‘सरकारले गर्नु पर्ने उद्धार र राहतको कार्यमा ढिला सुस्ती हुँदा पिडासँगै आक्रोश पोख्न मन लाग्छ । तर यहाँ कराएर मात्रै केही हुने छैन । त्यसैले हामी सबैले आफ्नो ठाउँबाट बाढी प्रभावितका लागि सहयोग गरौं । सकेसम्म बाढी प्रभावित क्षेत्रमा पुगेर सहयोग र सान्तवना दिउँ’ अभिनेत्री काकीले भनिन् । उनले आफ्ना आफ्न्तहरु विराटनगरमा भएका तर उनीहरु सुरक्षित भएको बताएकी छिन् ।

बाढी पीडितलाइै उनले ५१ हजार राहत दिने घोषणा पनि गरेकी छिन् । उनले बोलेर नभई गरेर देखाउने बेला भएको भन्दै राहतमा सहयोग गर्न सवैलाई आग्रह गरेकी छिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice