सुत्केरी गराउन स्वास्थ्यसंस्था लाँदै गर्दा जीप पुरिएर गर्भवतीसहित ६ जनाको मृत्यु

तीन दिनदेखि देशैभर परिरहेको अविरल वर्षाका कारण देशका सबैजसो क्षेत्र प्रभावित भएका छन्। बाढी,पहिरो तथा डुबानका कारण धनजनको क्षति हुने क्रम पनि ब्यापक रुपमा बढिरहेको छ ।यसै क्रममा रौतहटकी एक गर्भवती महिलालाइ प्रसूतिको लागि स्वास्थ्य संस्थामा लैजाँदै गर्दा गर्भवती चढेको जीप पुरिएर उनीसहित ६ जनाको ज्यान गएको छ।
राजपुर गाउँपालिका–३ स्थित बमनहरले बाध भत्किदाँ दउनीहरु चढेको जीप परेको थियो । मृत्यु हुनेमा गर्भवतीसहित ४ पुरुष र २ महिला रहेका छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।मृत्यु हुनेमा परोहा गाउपालिका ३ लौकाहाका ३२ वर्षीय चन्दन यादव, उनको श्रीमती सर्मिला यादव, आमा सुमित्रादेवी, भाउजु ललिता देवी, भतिजा सरोज यादव र छोरी छोटु यादव रहेका छन्।
बाढीले जीप बगाउदा छ जनाको शव फेला परिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले बताए । लौकाहाबाट बिहान करीव ३ बजे उनीहरु राजपुरमा रहेको स्वास्थ्यकेन्द्रमा गर्भवती गराउन आएका थिए । चन्दनको श्रीमती सर्मिलादेवीलाइ सुत्करी ब्यथा लागेपछि उनीहरु परिवार नै जीपमा दुइकिलो मिटर टाढा रहेको स्वास्थ्यकेन्द्र जादै थिए । स्वास्थ्यकेन्ददेखि करीव दुइसय मिटरमा उनीहरु चढेको जीप बगाएको प्रहरीले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice