प्रधानमन्त्रको भारत भ्रमणः युरिया मलदेखि हतियारसम्म माग्ने एजेण्डा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको मिति तय नहुँदै आफ्ना प्रारम्भिक एजेन्डा तय गर्न जुटेका छन् । परराष्टमन्त्रालय मार्फत उनले विभिन्न मन्त्रालयसँग एजेण्डा मागिरहेका छन् । प्रधानमन्त्री देउलो आफ्नो भारत भ्रमणमा युरिया मलदेखि हतियारसम्म माग्ने एजेण्डा तय गरेको स्रोतले बताएको छ । स्थानीय तहको दोस्रो निर्वाचनदेखि प्रदेश र संसद्को निर्वाचनका लागि लजिस्टिक सहयोग, गाडी, हातहतियार, विस्फोटक पदार्थ, भिड नियन्त्रण उपकरण माग्ने तयारी गरेका छन् ।

प्रतिबन्धित हजार र पाँच सय दरका भारतीय नोट सटही पनि देउवाको एजेण्डा बन्ने भएको छ । यसबारे भारतको स्टेट बैंक र नेपाल राष्ट्र बैंकको उच्च तहमा छलफल हुँदै आएको छ।

जनकपुर, नेपालगन्ज, महेन्द्रनगरबाट एयर इन्ट्री अनुमतिका लागि नेपालले प्रयास गरिरहेकोमा यी सहित विराटनगरबाट जहाज आउन पाउनुपर्ने प्रस्ताव लगिनेछ। यसबारे नेपाल र भारतबीच पटकपटक भएका वार्ता निस्कर्षविहीन हुँदै आएका छन्। भारतले गोरखपुरको हवाई सैनिक हेडक्वार्टरको सुरक्षा संवेदनशीलता जनाउँदै त्यसआसपासबाट नेपालतर्फ जहाज आउने रुटको अनुमति दिएको छैन।

बुटवल–गोरखपुर ४०० केभी सीमापार विद्युतीय प्रसारण लाइन जिटुजी निर्माणका लागि आग्रह गर्दै ७ अर्ब २१ करोड २० लाख भारु खर्च हुने उक्त परियोजनामा नेपालले २ अर्ब ६ करोड ३७ लाख र भारतले ५ अर्ब १५ करोड ३३ लाख रुपैयाँ खर्च गर्ने सहमति भइसकेको छ।

हेटौँडा र इनरुवामा डबल सर्किट विद्युतीय सबस्टेसन निर्माणका लागि ५ करोड ५० लाख अमेरिकी डलरबराबरको अनुदान सहयोग भारतसँग माग्ने देउवाको अर्काे योजना रहेको छ । लुम्की–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि पनि भारतसँग प्रस्ताव गर्ने भएका छन् ।

वार्षिक रूपमा दुई लाख टन युरिया मल, एक लाख टन डिएपी, ५० हजार टन पोटास नेपालमा नियमित आपूर्तिका लागि सरकारले भारतलाई प्रस्ताव गर्नेछ। नेपालमा युरिया मल प्लान्ट स्थापनाका विषयमा पनि छलफल हुनेछ।

महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको डिपिआर यसपटक टुंग्याउने भनिए पनि सम्झौता नहुने भएको छ। प्रधानमन्त्रीले प्राविधिक तहमा डिपिआर टुंग्याउनुपर्ने र त्यसपछि तल्लोतटीय लाभ, सामाजिक–आर्थिक लाभ, लाभ बाँडफाँड, वाइडर कस्ट, बाढी व्यवस्थापनका विषयमा राजनीतिक तहमा देउवाले छलफल गर्न पाएका छैनन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice