भारतलाई चीनको कडा चेतावनीः कहालीलाग्दो परिणामको सामना गर्न तयार  हौ 

काठमाडौं । चीन र भारतबीचको डोक्लम विवाद उत्कर्षमा पुगेको छ । आफ्नो आग्रहलाई भारतले बेवास्था गरेपछि चीनले आफ्नो सेना कारवाहीका लागि उतार्ने चेतावनी दिएको चिनिया सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले आवश्यक परे भारतबिरद्ध आफ्नो राष्ट्रिय अखण्डता र स्वार्थ लागि चीनले जनमुक्ति सेना कार्वाहीमा उतार्ने जनाएको छ । चीनले आफूलाई कम नआक्न भारतलाई वारम्वार चेतावनी पनि दिँदै आएको छ । तर भारतले भने अफवाह फैलाउँदै चीनबिरुद्ध डोक्लम विवाद चर्काउँदै लगेको छ । ‘आजका मितिसम्म चिनियाँ फौज अधिकतम सहेर बसेको छ । तर सहनशीलताको पनि सीमितता हुन्छन् । त्यसरी चुप बस्ने संभावना हरेक दिन कम हुंदै गइरहेका छन्’ सिन्ह्वा न्यूज एजेन्सीले भनेको छ ‘चीनले आफ्नो हितका लागि जे गर्नुपर्छ,त्यो गर्ने नै छ’ भारतले भ्रमहरु त्यागोस् र कहालीलाग्दो परिणाम आउनबाट आफूलाई बेलैमा टाढा राखोस् ।’

डोक्लामलाई भारत र अन्र्तराष्ट्रिय समुदायले चीनको तिब्बत अन्र्तगतको सार्वभौम भूभागको मान्यता दिइसकेको अवस्था छ’ अगाडी भनिएको छ । यदी डोक्लाममा सीमा विवाद भएपनि त्यो चीन र भुटानबीचको मात्र मुद्दा हुनुपर्ने सिन्ह्वाले लेखेको छ ।‘डोक्लाममा भारतको कुनै सरोकार छैन’ सिन्ह्वा लेख्छ ‘चीनले भुुटानलाई स्वतन्त्र सार्वभौम मुलुकका रुपमा सम्मान गर्छ र भारतले भुटानलाई पूर्ण रुपमा आफू संरक्षित राज्य मान्छ भने चीनले त्यसको बिरोध गर्छ ।’भारतले क्षेत्रीय शक्ति हुनुका नाताले कमजोर या शक्तिशाली जोसुकै आफ्ना छिमेकीसँग गैह्रजिम्मेवारपूर्ण तरिकाले आक्रमणमा उत्रिनुभन्दा पनि सभ्य तरिकाले व्यवहार गर्नुपर्ने भारतको दायित्व रहेको सम्पादकीयमा लेखिएको छ ।

जुलाईदेखि ४० जना भारतीय सैनिकहरु चिनियाँ भूमि डोक्लाममै रहेको चीनिया दावी छ । भारतले सो क्षेत्रमा सडक बनाइरहेको छ । पहिलो कुरा भारतले यदी शान्ति चाहेको थियो भने उसले त्यहाँ सैनिक नै परिचालन गर्नु हुने थिएन । तर अब भारतले तत्कालै विनासर्त आफ्नै सीमा क्षेत्रतर्फ सैनिक फिर्ता गर्नुको विकल्प छैन’ सम्पादकीयमा भनिएको छ ‘भारतले यदी चीन सो ठाउँबाट हट्छ भन्ने सोचेको हो भने त्यो गलत हो । चीन त्यहाँबाट फिर्ता हुने वाला छैन । किनकी यो चीनले गरेको गल्ती होइन । चीन आफ्नो स्वार्थमा हानी पुग्ने काम गर्दैन ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice