राप्रपाबाट ६ सांसदसहित १७ नेता निष्काशित

काठमाडौँ


राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सांसदसहित १७ नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।राप्रपाका नेता पशुपतिशम्शेर राणाले आइतबार आफ्नो नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन गरेपछि राणा नेतृत्वको पार्टीमा १९ सांसद गएका थिए ।

तर, राप्रपाले भने ६ सांसदहरु दिपक बोहोरा, सुनिल थापा, रेशम लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ र बविता मोक्तान लावतीलाइ मात्र कारबाही गरेको छ । उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नहरने गरी कारबाही गरेको हो ।

यस्तै राप्रपाले नेताहरु हरिबहादुर बस्नेत, रामकृष्ण भट्टराई, पदमबहादुर बस्नेत, नवराज सुवेदी, विष्णुविक्रम थापा, गिरिधारी परियार, दिपककुमार राई, विन्दु पहाड, प्रदिप उदय र किरण गिरीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice