भारत चीन विवादमा नेपालका प्रधानमन्त्रीलाइ मुछ्ने तयारी, के गर्लान त देउवाले ?

काठमाडौँ


चीन र भुटानको सीमावर्ती क्षेत्र दोक्लममा भारत चीनबीच चलिरहेको विवादमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि मुछ्ने प्रयास भारतले गरेको बुझिएको छ। भारतीय सञ्चारमाध्यमहरुले नै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई भारतको पक्षमा बोल्न लगाउने भनेर योजना बनाइरहेको भनेर लेखेपछि यो रहस्य बाहिर आएको हो।
भारतीय अँग्रेजी अखबार दी हिन्दुले लेखेअनुसार देउवालाई आफ्नो पक्षमा बोल्नको लागि भारतले दवाब नै सिर्जना गर्नेछ ।‘आउँदा दिनमा दोक्लम विवादबारे चीन–भारतबीच चलेको विवादको एक पक्षमा उभिन नेपालले ठुलो दवाव सामना गर्नेछ’, आइतबार उक्त अखबारले प्रकाशित गरेको समाचारमा भनिएको छ, ‘देउवाको आसन्न दिल्ली भ्रमणमा भारत र चीनबीचका द्विपक्षीय मुद्दाबारे नेपालको पोजिसन स्पस्ट गर्ने काठमाडौँस्थित स्रोतले उल्लेख गर्यो।’
उक्त सीमा क्षेत्रलाइ लिएर भारत र चीनबीच विगत २ महिनादेखि व्यापक विवाद छ।दोक्लममा चीनले बनाउन लागेको सडकले आफ्नो राष्ट्रिय सुरक्षा खतरामा पर्ने दाबी भारतले गर्दै आएको छ भने चीनले निशर्तरुपमा भारतीय सेना दोक्लमबाट फिर्ता हुनुपर्नेमा जोड दिँदै आइरहेको छ।
दुई देशबीच जारी दोक्लम विवादबारे नेपालले अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपि यो विवादमा नेपाल तटस्थ रहनुपर्ने मत नेपालमा बलियो छ। भारतीय पत्रिकाले दाबी गरे झैँ दोक्लम विवादबारे प्रधानमन्त्री देउवाले मुख खोले भने भारत–चीन विवादमा नेपालको त्यो पहिलो अभिव्यक्ति हुनेछ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice