राप्रपाको फुटले राजपालाई फाइदा ,कहिलेसम्म टिक्ला ?

काठमाडौँ


आइतबार साँझ राष्ट्रिय प्रजातन्त्र पार्टी फेरी टुक्रिएको छ ,नेता पशुपतिशमशेर राणाले २२ सांसद र ७२ केन्द्रिय सदस्यसहित नयाँ दल दर्ता गरेपछि एकीकरण भएको ८ महिनाकै हाराहारीमा राप्रपामा विचलन आएको छ ,तर राप्रपाको यो आकस्मिक फुटले गत वैशाखमा मात्र पार्टी एकीकरण गरेको राष्ट्रिय जनता पार्टीलाई भने फाइदा भएको छ ।
पार्टी एकतापछि देशको पाँचौ राजनीतिक शक्तिको रुपमा उदाएको राजपा अहिले राप्रपामा फुट आएपछि चौथो शक्तिको रुपमा उक्लन सफल भएको छ ।तर राजपामा पनि अहिलेदेखि नै आन्तरिक वैचारिक फरक विचारधाराहरु देखिन थालेका छन् ।यसले यसको अस्तित्व यही अवस्थामा रहला कि नरहला भन्ने प्रश्नचिन्ह चाहिं उत्पन्न गराएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice