कमल थापाको अराजकता सहन सकिँन, अर्काे पार्टी खोलेः पशुपति शम्शेर

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाको अराजक र एकलौटी शैलीका कारण आफुले नयाँ पार्टी निर्माण गरेको नेता पशुपति शम्शेर राणाले बताएका छन् । पार्टीभित्र कमल थापाले अराजकता निम्त्याएको र आफ्नो स्वार्थमा पार्टीलाई प्रयोग गरेका कारण नयाँ पार्टी निर्माण गरेको बताए ।

‘मैले कमलजीलाई स्थानीय निर्वाचनमा सुझाव दिँए, मेरो सुझाव मान्नु भएन, पार्टीले नराम्रोसँग पराजय भोग्यो, त्यसपछि ४२ केन्द्रीय सदस्य मनोनित गरियो मलाई थाहा नै दिइएन’, राणाले भने ‘आफु उपप्रधानमन्त्री भएपछि मात्र सरकारमा जाने नत्र सरकारमा नजानेतिर उहाँ लाग्नु भयो, त्यो हामी कसैलाई चित्त बुझेन ।’

पार्टी एकीकरण भएको ९ महिनामै राप्रपा फुटेको छ । कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल र राणाले नेतृत्व गरेको राप्रपाबीच ९ महिनाअघि एकीकरण भएको थियो । दुई राप्रपा एकीकरण भएपछि देशको चौथौ ठुलो दल बनेको राप्रपा फेरी सानो दलमा परिणत भएको छ ।

दुई राप्रपा एकीकरण भन्दा पहिले राणासँग १२ सांसद थिए भने थापासँग २५ सांसद थिए । तर अहिले विभाजन हुँदा २२ सांसद आफ्नो पक्षमा रहेको दावी राणा पक्षले गरेका छन् । तर अध्यक्ष थापाले भने नक्कली हस्ताक्षर गरेको दावी गरेका छन् ।

राणा नेतृत्वको राप्रपाबाट आएका सवै सांसदहरु फेरी फर्केका छन् भने थापा नेतृत्वमा रहेका सांसदहरु पनि राणाका पक्षमा पुगेका छन् । थापा र राणा अलग भएपनि अर्का प्रभावशाली नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भने मौन बसेका छन् । उनले दुवै नेताका पक्ष वा विपक्षमा देखिएका छैनन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice