प्रहरीबाट भागेका युवकको खोलाले बगाएर मृत्यु

धादिङ


प्रहरीको नजरबाट भागिरहेका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ । पृथ्वीराजमार्गको गल्छी गाउपालिका–७, भल्टारमा राजधानी होटल संचालन गर्दै आएका राजकुमार तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीबाट फुत्केर भाग्न खोज्ने तिमिल्सिना खोला खस्दा उनको बगाएर मृत्यु भएको हो ।

उनले गए राति मादक पदार्थ सेवन गरी यात्रुलाई खाना खुवाउन रसुवा र नेपालगंजबाट आएका रात्रीबसमा तोडफोड गरी चालक र यात्रुहरुहरुलाई समेत कुटपिट गरि जना यात्रुलाई समेत घाइते बनाएका थिए । ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार उनि प्रहरी पुगे लगत्तै पक्राउ पर्ने डरले भागेर जोगिन खोज्दा महेस खोलामा झरेका थिए ।

वर्षातले बाढी आएको महेश खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान खोलाले बगाएर करिब ८ सय मिटर भन्दा तल पुर्‍याएको अवस्थामा राजकुमारको शव फेला परेको प्रहरीले जनाएको छ । सवारीसाधन तोडफोड गर्ने र यात्रुहरुलाई कुटपिट गरेको आरोपमा स्थानीय शंकर भट्ट र बिकेस अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice