चुनावमा जाने नजाने भन्ने विवाद मिल्न नसकेपछि राजपाको केन्द्रिय बैठक सुरु

काठमाडौँ


प्रदेश नं २ को निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विषयमा पार्टीभित्रै दोहोरो विवाद भइरहेको राष्ट्रिय जनता पार्टीको केन्द्रिय समिति बैठक सुरु भएको छ।स्थानीय चुनावमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्न आइतबार दिउँसोबाट बैठक सुरु भएको हो।

पार्टीभित्रका अधिकांश नेताहरुको आफ्ना मुद्दालाई लिएर चुनावामा जानुपर्ने धारणा राखिरहेको छन् ।तर अध्यक्ष मण्डलले भने अहिलेको अवस्थामा चुनावमा जान सकिने अवस्था नरहेको बताउदै आएको छ।अहिले बसेको बैठकबाट यो विषयमा निर्णय गरिने बुझिएको छ।नेता जितेन्द्र सोनलले यथास्थितिमा चुनावमा जान सकिँदैन भन्ने नै पार्टीको लाइन भएको बताए। खासगरी संविधान संशोधन नभई चुनावमा जान नसकिने उनको भनाइ छ।
‘यथास्थितिमा चुनावमा जान सकिँदैन भन्ने नै पार्टीको आधिकारीक लाइन हो,’ सोनलले भने, ‘संविधान संशोधन नभई कसरी चुनावमा जान मिल्छ?पार्टी यही लाइनमा यथावत रहन्छ।’
चुनावमा जाने कि नजाने भन्ने विषयलगायका प्रश्नहरूको हल खोज्दै पार्टीको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। उनको प्रतिवेदनका आधारामा केन्द्रीय समितिले यो विषयमा छलफल गर्नेछ।शुक्रबार सकिएको पदाधिकारी बैठकका आधारमा राजनीतिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी संयोजक ठाकुरले पाएका थिए।
चार दिनसम्म चलेको पदाधिकारी बैठक चुनावमा सहभागिताका विषयमा कुनै निष्कर्षमा नपुगी सकिएको थियो। बैठकमा केही नेताहरू संविधान संशोधन नभएपनि आफूले उठाएका मुद्धा लिएर जनतमा माझ जानुपर्ने धारणा राखेका थिए। केही नेताहरू भने संविधान संशोधन नभई कुनै हालतमा चुनावमा जान नहुने पक्षमा थिए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice