नेपालको लोकप्रिय वाइवाइले अब युरोपमा पनि ब्राण्ड बनाउंदै

काठमाडौं


नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइवाइको यूरोपबाट पनि व्यवसायिक उत्पादन शुरु भएको छ । युरोपको सर्बियामा नवनिर्मित वाइवाइ प्लान्टबाट युरोपियन उपभोक्ताका लागि वाइवाइ उत्पादन शुरू भएको हो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बिहीबार सर्बियास्थित वाइवाइको प्लान्टमा आयोजित एक भव्य समारोहबीच व्यवसायिक उत्पादन (कमर्सियल प्रडक्सन)को उद्घाटन गरेका थिए ।

“नेपाली उत्पादन विश्वब्यापी ब्राण्ड बन्न सम्भव छ भन्ने मेरो सपना साकार भएको छ’, अध्यक्ष चौधरीले भने, “यो प्रत्येक नेपालीका लागि गौरवको बिषय हो कि हामीले पनि युरोप जस्तो प्रतिस्पर्धी बजारमा उद्यम व्यवसाय विस्तार गर्न सक्छौँ ।”अध्यक्ष चौधरीले वाइवाइमार्फत् युरोपमा नेपाललाई चिनाउन पाएकोमा आफु गौरवान्वित भएको बताए । यसबाट युवा उद्यमीहरूका लागि नेपालबाट विश्वमा उद्यम व्यवसाय फैलाउन सकिन्छ भन्ने सन्देश र उर्जा प्राप्त हुनेछ भन्ने विश्वास पनि उनले व्यक्त गरे ।

नेपाली उपभोक्ताको प्रिय ब्राण्ड वाइवाइ अब विश्वव्यापी उपभोक्ताबीच तिब्र गतिमा लोकप्रिय बनिरहेको कम्पनीले जनाएको छ । वाइवाइ चाउचाउको नेपालमा फैलिने क्रमसँगै विश्व बजारमा पनि विस्तार भइरहेको छ । हालैमात्र सिजी इन्डष्ट्रियल पार्क नवलपरासीमा वाइवाइको थप एक प्रडक्सन युनिटको विस्तारसँगै नेपालमा ७ वटा प्रडक्सन युनिट रहेका छन् । केही समयअघि पश्चिम नेपालको बर्दियाबाट वाइवाइ उत्पादन शुरू भएको थियो । निकट भविष्यमा पूर्वी नेपालबाट पनि वाइवाइ उत्पादनका लागि आवस्यक तयारी शुरू भईसकेको छ ।

भारतीय उपभोक्ताबीच वाइवाइको लोकप्रियता बढ्दो क्रममा छ । भारतमा हालसम्म नौवटा प्रडक्सन युनिट स्थापना भइसकेका छन् भने थप विस्तार हुनेक्रम जारी छ । भारतीय नूडल्स बजारमा वाइवाइले २७ प्रतिशत हिस्सासहित दोस्रो स्थान ओगटेको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice