भरतपुरमा मतगणना जारी, रेणुभन्दा देवी ५४२ मतले अगाडी

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना गयराति ११ बजेदेखि जारी रहेको छ । शुक्रवार मात्र मतदान भएको वडा नं १९ मा मतगणना जारि रहेको छ । १६ सय मतगणना हुँदा एमाले उम्मेद्धार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् ।

पछिल्लो परिणाम अनुसार ज्ञवालीले ४१ हजार ५७३ मतसहित अगाडी छन् भने कांग्रेस माओवादी गठबन्धनकी उम्मेद्धार रेणु दाहाल ४१ हजार ३१ मतसहित पछ्याइरेकी छिन् । ज्ञवाली र दाहालबीच ५४१ मत अन्तर रहेको छ ।

पहिलोभन्दा दोस्रो मतदानपछि दाहालले आफ्नो मतअन्तर घटाएकी छिन् । पहिलो मतदानमा वडा नं १९ को १८ सय मतगणना हुँदा दाहालले १५० मात्र घटाएकी थिइन । हाल १६०० मत गणना हुँदा करिव २५० मत अन्तर घटाएकी छिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice