सातै प्रदेशमा अन्तराष्ट्रिय स्तरको खेलकुद रंगशाला निर्माण गर्ने खेलकुदमन्त्रीको दावी

काठमाडौं


नवनिर्वाचित युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आफ्नो कार्यकालमा देशका सातै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै केसीले सो कुरा बताएका हुन् ।

उनले भने, “नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्नको लागि ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने छौं, मैले यसको लागि अहिलेदेखि नै अवधारणा अघि सारिसकेको छु ।”उनकाअनुसार नेपालगन्ज, पोखरा, झापा, विराटनगर जनकपुर लगायतका शहरहरुमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने योजना रहेको छ । राजधानीमा रहेको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको रंगशाला भुकम्पपछि ध्वस्त भएकोले सोको समेत मर्मतसम्भार भईरहेको मन्त्री केसीले बताए।

कार्यक्रममा मन्त्री केसीले आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सवल बनाउनको लागि गम्भिर भएर काम गर्ने समेत विश्वास दिलाए । उनले भने, “खेलकुद क्षेत्रमा अहिले विभिन्न समस्या देखिएका छन्, एन्फा, ओलम्पिकदेखि क्रिकेट संघमा समेत विवाद छन्, हरेक ठाउँमा विवाद छन्, अहिले १ सय ८० संघ छन्, सबैमा समस्या छन्, विभिन्न संघहरुमा देखिएका सबै समस्याहरुलाई हल गर्नुपर्छ ।”

खेलकुद क्षेत्रमा देखिएका सबै खाले समस्या हल गरेर अघि बढ्नु नै आफ्नो उद्देश्य र प्राथमिकता रहेको भन्दै सोही बमोजिम काम गर्ने समेत मन्त्री केसीले आश्वासन दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice