योजना आयोगको उपाध्यक्षमा डा. वाग्ले,११ जना प्रहरीको एआइजीमा बढुवा

काठमाडौँ राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्ले नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डा. वाग्लेलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिनापछि आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा. वाग्ले यसअघि दुई पटक आयोगको सदस्य भइसकेका हुन्बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डा. वाग्लेलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
यसैगरी नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा भएका छन् । बढुवा हुुनेहरुमा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई छन् ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice