अन्तर्द्वन्दको भूमरीमा राजपा,चुनावमा भाग लिने र नलिने पदाधिकारीबीच बैठकमै विवाद

काठमाडौँ


राष्ट्रिय जनता पार्टीभित्र चुनावमा भाग लिने र नलिने दुइ पक्षबीच विवाद उत्पन्न भएको छ। पार्टी एकीकरण भएको चार महिनापश्चात बुधबारदेखि काठमाडौँमा सुरु भएको पदाधिकारी वैठकमा अधिकांश नेताले चुनावमा भाग लिनुपर्ने अडान लिएका छन् ।

बबरमहलमा कार्यालय उद्घाटन गरेर सुरु भएको पदाधिकारी बैठकमा बुधबार १२ जना पदाधिकारीहरुले आ आफ्ना धारणा राखे । एकसय ३२ जना पदाधिकारीले बोल्नेक्रम जारी रहेपछि बैठक बिहीबार पनि जारी रहेको छ ।बुधबारको बैठकमा नेता जितेन्द्र सोनलले अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुरको तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरे ।उक्त राजनीतिक प्रतिवेदनमा संविधान संशोधन राजपाको मात्र नभएर सम्पूर्ण मधेस र मधेसी जनताको माग भएको भन्दै संशोधन गरेरमात्र चुनावमा जाने भनिएको छ।

‘संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचनको सम्वन्धमा मधेस र मधेसी जनताको अधिकारका लागि राजपाले उठाएका मुद्दा र अडान अहिलेका सन्दर्भमा थप सन्दर्भिक भएका छन्,त्यसैले यथास्थितिमा राजपा निर्वाचनमा भाग लिँदैन।” अध्यक्षको प्रतिवेदनमा भनिएको छ ।
तर उक्त प्रतिवेदनमा गरिएको प्रस्तावमा युवा महामन्त्री केशव झाले फरक मत राखेका छन्। बिहीबारको बैठकमा आफ्नो धारणा राखेका महामन्त्री झाले लोकतान्त्रिक पार्टीले निर्वाचनमा नजाने विषयमा वकालत गर्न नहुने बताए। ‘अध्यक्षको राजनीतिक प्रतिवेदनमा ‘यथास्थितिमा निर्वाचनमा भाग नलिने’ उल्लेख रहेछ, ‘संविधान संशोधन गरेर मात्र निर्वाचनमा जाने भन्ने एउटा राजनीतिक विषय हुन सक्छ। तर लोकतान्त्रिक पार्टीले निर्वाचनमा नजाने भन्न मिल्दैन।’ महामन्त्री झाले भने, ‘हामीले एक, पाँच र सात नम्बर प्रदेशमा निर्वाचन बहिस्कार गर्‍र्यौ तर, त्यहाँ ७० प्रतिशतभन्दा बढी जनताले निर्वाचनमा भाग लिए। जनताको भावनाबाट टाढा हुन हुँदैन,फेरि पनि बहिस्कारमै गयौँ भने हाम्रै कार्यकर्ता पनि हामीसँग नरहन सक्छन्।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice