भरतपुर १९ मा मतदानको तयारी व्यापक

 चितवन


भरतपुर महनगरपालिका वडा नं १९ मा दोहोरिएर हुन लागेको मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारीलाइ व्यापक बनाइएको छ । साउन २० गते हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटाइसकिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।
वर्षाले प्रभावित हुनसक्ने अनुमान गर्दै मतदानस्थलमा पानी नपस्ने टेण्टको समेत व्यवस्था गरिएको छ ।

मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर कर्मचारीले आवश्यक तयारी गरिरहेको घिमिरेले जानकारी दिए । निर्वाचनका लागि बुधबारदेखि नै मौनअवधी शुरु भएको छ । वडा नं १९ को हरेक मतदान स्थलमा बिहीबार नै मतपत्र पुर्याइसकिनेछ ।

भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा छवटा मतदान केन्द्र रहेको छ । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice