प्रचण्डपुत्रीको प्रचारमा प्रधानमन्त्री ! हँसिया हथौडामा भोट नदिने कांग्रेसलाई कारवाही गर्छु

काठमाडौं । आकस्मिक मुग्लिन नारायणघाट सडकको निरक्षणमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रकी उम्मेद्धार रेणु दाहाललाई भोट मागेर फर्केका छन् । बुधबार मुग्लिन नारायणघाट सडक खण्डको अवलोकन निरक्षणमा भरतपुर पुगेका देउवाले कांग्रेस नेता कार्यकर्तालाई हँसिया हथौडामा भोट हाल्न कडा निर्देशन दिए ।

२० साउनमा भरतपुर महानगरपालिका वडा नं १९ को निर्वाचन हुँदैछ । देउवा सडक निरक्षणको बहानामा भरतपुर पुग्दा निर्वाचनको मौन अवधि थियो । मौन अवधिमै उनले चितवन कांग्रेसका नेता कार्यकर्तालाई भेटघाटका लागि बोलाएका थिए ।

करिव ४५ मिनेट चलेको भेटघाटमा देउवाले माओवादी उम्मेद्धार रणु दाहाललाई जिताउन कांग्रेस नेता कार्यकर्तालाई कडा निर्देशन दिएका थिए । जसले गठबन्धनबिरुद्ध मत हाल्दैन, उसका नाम टिपेर म कहाँ पठाउनु, देउवाले भने पार्टी निर्देशन नमान्ने कांग्रेस कार्यकर्ता हुँदैन, उसलाई म कारवाही गर्छु ।

चितवनका कांग्रेस नेता कार्यकर्ताले माओवादीसँग गठबन्धन गरेर आफ्नो साख खसेको गुनासो देउवासँग गरेका थिए । तर देउवाले जे गल्ति हुनुथियो भइसक्यो, अब गठबन्धनको उम्मेद्धारलाई नजिताए अर्को गल्ति हुन्छ, देउवाले भने । अघिल्लो पटक भएको गल्ति नदोहरयाउने देउवाले कांग्रेस नेता कार्यकर्तालाई चेतावनी समेत दिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवा मुग्लिन नारायणघाट सडक खण्डको अवलोकन बहाना बनाएर आफै गएका होइनन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा चितवन पुगेका हुन् । बहाना सडक अवलोकन थियो, तर मकसद रेणुका पक्षमा भोट माग्नु थियो, देउवा निकट स्रोतले भन्यो ।

2 Comments
  1. कालोलाइ कालो र सेतोलाइ सेतो भन्न नपाइने हो र यो राणा शासन !

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice