भारतीय राजदूतलाई साक्षी राखेर राजपाको नयाँ पार्टी कार्यालय उद्घाटन

काठमाडौं । भारतीय राजदूति मन्जिभ सिंहको उपस्थितिमा राष्ट्रिय जनता पार्टी नेपालको नयाँ कार्यालय उद्घाटन गरिएको छ । बबरमहलस्थित नेपाल मधेसी निजामती कर्मचारी मञ्चको भवनमा राजपाको नयाँ कार्यालय सरकोे छ । नयाँ कार्यालय उद्घाटन कार्यक्रममा भारतीय राजदुत मन्जिभ सिंह सहभागि भएका थिए ।

राजपाले सरकारी भवनमा आफ्नो कार्यालय स्थापना गरेको छ । सरकारले केही समय पहिले यो भवन निर्माण गरी मधेसी निजामती कर्मचारी मञ्चलाई दिएको थियो । सरकारले २०६८ सालमा मधेसी कर्मचारी मञ्चलाई भवन बनाउन बबरमहलमा जग्गा उपलब्ध गराएको थियो भने भवन निर्माणका लागि रकम पनि उपलब्ध गराएको थियो । २०७२ सालदेखि सञ्चालनमा आएको भवन राजपा अब राजपा कार्यालय बन्ने भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice