भारतीय जासुसी संस्थाका नेपाल प्रमुख विवेक जाहेरी असफल जासुस बनेर दिल्ली फर्किए

काठमाडौं । भारतीय जासुसी संस्था ‘रअ’का नेपाल प्रमुख विवेक जाहेरीलाई भारत सरकारले फिर्ता बोलाएको छ । नेपालमा चिनिया प्रभाव बढ्दै गएको आँकलन गरेपछि गतबर्ष भारत सरकारले जाहेरीलाई लण्डनबाट नेपाल पठाएको थियो । नेपाल आउनुभन्दा पहिले उनी बेलायतमा कार्यरत थिए ।

जाहेरीले मधेस मिशन, चिनिया प्रभावमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै दिल्लीले उनलाई फिर्ता बोलाएको छ । पाँच बर्षे कार्यकाल लिएर नेपाल आएका जाहेरी एक बर्षमै असफल जासुस बनेर फर्केका छन् ।

नेपालमा मिनिस्टरी काउन्सिलरका रुपमा कार्यरत रहेका जाहेरीलाई मधेस मिशन पुरा गर्न भारत सरकारले पठाएको थियो । मधेस केन्द्रीत दलले उठाउँदै आएको संविधान संशोधनलाई निस्कर्षमा पुरयाउनु उनको मुल उदेश्य थियो । तर जाहेरीले नत मधेस केन्द्रीत दललाई एक ठाउँमा ल्याउन सके नत संविधान संशोधन प्रस्ताव नै पारित गराउन सके ।

नेपाल आएलगतै उनले चालेको पहिलो कदम भने सफल भएको थियो । एमाले र माओवादी केन्द्रको गठबन्धन तोडेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर भेटघाटपछि गठबन्धन सरकार ढलेको थियो ।

गठबन्धन सरकार ढालेर संविधान संशोधनका पक्षमा माहोल पनि तयार गरे । तर पारित गराउन सकेनन् । एमाले फुटाउने अभियान पनि थाले तर सफल भएन । ‘पार्टी फुटाउने धेरै प्रयास गरेका थिए, हाम्रा केही नेतासँग धेरै संवाद पनि गरे तर हाम्रो एकता तोड्न उनी सफल हुन सकेनन्’ एमालेका एक पदाधिकारीले भने ।

उनले मधेस मिशन मात्र हैन चीनसँगको नेपाली विस्तारित सम्बन्धमा पनि प्रभाव पार्न नसकेको आरोप लागेको छ । वान बेल्ट वान रोडमा हस्ताक्षर गर्न नेपाललाई रोक्ने उनको दोस्रो कार्यभार थियो । त्यो पनि रोक्न नसकेपछि उनी सफल जासुस बन्दै स्वदेश फर्केका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice