सर्वोच्चको पत्र भरतपुर पुग्यो,मंगलबार सर्वदलीय बैठक बसी मतदानको मिति घोषणा गरिने

काठमाडौँ


भरतपुर वडा नम्बर १९ को मतपत्र च्यातिएपछि पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले हिजो खारेज गरिदिएको पत्र चितवनको जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेको छ।

सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले भने, ‘पत्र आइपुगेको छ। हामी अध्ययन गर्दैछौँ।’उनका अनुसार भोलि बिहान सर्वदलीय बैठक बसेर पुनः मतदानको मिति घोषणा गरिनेछ। यो वडामा किरण मावि किरणगञ्ज, जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर र शारदा मावि शारदानगरबजार गरी तीन वटा मतदान केन्द्र रहेको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice