जतिसुकै आलोचना होस् ,तर अहिले सडकका खाल्डा पुरिदैनन- विद्यासुन्दर शाक्य

काठमाडौँ


काठमाडौँ  महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षा महिनाभर काठमाडौँमा रहेका खाल्डाखुल्डी पुर्न नसक्ने बताएका छन् ।सोमबार ट्राफिक प्रहरीसंग भएको छलफलमा शाक्यले वर्षायाममा सडकमा बजेट खर्च गर्नु भनेको पैसाको मात्र नाश हुने भन्दै खाल्डा पुर्ने काममा अहिले महानगरपालिकाले कुनै सोच नबनाएको र बनाउदा पनि नबनाउने बताएका हुन् ।

शाक्यले भने,’अहिले खाल्डा पुर्दा रकम दुरुपयोग मात्रै हुन्छ, जति आलोचना भएपनि महानगरले खाल्डा पुर्दैन । जनताको करबाट उठेको रकम यसरी खेर फाल्नु हुँदैन।’तर डीआइजी सर्वेन्द्र खनालले भने कुनै समस्या देखाएर खाल्डा पुर्नबाट पछि नहट्न आग्रह गरेका थिए ।खाल्डा पुर्नका लागि प्रधानमन्त्री देउवाले दिएको निर्देशनलाइ गम्भीर रुपमा लिएर काम गर्न खनालले आग्रह गरे ।

‘सडकमा खाल्डा र त्यसो हिलो र धुलोले ट्राफिकलाई चोकमा उभिन समस्या छ । सर्वसाधारणलाई त्यतिकै सास्ती छ’ खनालले भने, ‘बजेट छैन भने केही शीर्षकमा मिलाएर यताउता गर्नुस् । तर, खाल्डा चाँही पुरिदिनुस् ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice