आफू जित्नेमा ढुक्क भएको रेणुको आशय,अदालती निर्णयलाई स्वागत गरिन

काठमाडौँ


भरतपुर महानगरपालिकाको १९ नं वडामा पुन मतदान गराउनका लागि सर्वोच्च अदालतले आदेश दिएसंगै माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले खुसी व्यक्त गर्दै जनताको अभिमतको कदर भएको बताएकी छिन।
फेरी पनि उक्त वडामा चुनाव गराउनका लागि अदालतले जारी गरेको आदेशलाई स्वागत गर्दै प्रचण्डपुत्री समेत रहेकी रेणुले यस्तो कुरा बताएकी हुन् ।“सर्वोच्च अदालतले प्रचलित नियम कानुनको आधारमा नै फैसला गरेकोले न्यायको प्रत्याभुति गरेको छु । जनताको अभिमतको कदर भएको छ, मतदान गर्न पाउने जनताको अधिकार सुरक्षित भएकोमा खुशी छु” उनले भनिन्, “पहिला पनि जनताको साथमै थिएँ, भोलिबाट फेरि जनताको बीचमा नै जान्छु।”
उनको यो भनाइबाट अब आफूले जित्नेमा ढुक्क रहेको आशय देखिएको बुझिन्छ।उसै त सरकारी तबरबाट उक्त वडामा चुनाव गराउनका लागि दवाव दिइदै आएको थियो,सोही योजना पूर्ण भएको खुसियालीमा रेणुले हर्षित हुँदै यस्तो अभिव्यक्ति दिएको हुनुपर्छ ।

तर सरकारको प्रतिपक्षी एमालेले भने अदालती निर्णयको विरोध गरेको छ।एमालेबाट मेयर उम्मेदवार बनेका देवी ज्ञवालीबीच मतगणनामा प्रतिष्पर्धा चलिरहेको बेला माओवादीका कार्यकर्ता तथा प्रतिनिधिहरुले मतपत्य्रा च्यातेका थिए ।सोही मुद्दा निर्वाचन आयोग हुँदै सर्वोच्चसम्म पुगेकोमा अहिलेसम्म निर्णय हुन सकेको थिएन। आइतबारको बहसपछि मात्रै न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले १९ नं वडा मा पुन: मतदान गराउन आदेश दिएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice