अदालतबाट सत्तापक्ष बिजय, एमाले पराजय, भरतपुर वडा नं १९ मा पुन: मतदानको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले भरतपुर प्रकरणमा निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेका थिए । ९० मतपत्र च्यातेपछि वडा नं १९ निर्वाचन आयोगले पुन मतदान गराउने निर्णय गरेको थियो ।

निर्वाचन आयोगको निर्णयलाई सर्वाेच्च अदालतले सदर गरेको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुन मतदानको निर्णय सुनाएको छ । झण्डै दुई महिना लामो छलफलपछि सर्वाेच्च अदालतले फैसला सुनाएको हो ।

भरतपुरको वडा नं १९ मा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेको थियो । आयोगको निर्णयबिरुद्ध अधिबक्ता तुलसी पाण्डे र वडा नं १९ कै एमाले उम्मेद्धार गञ्जमान विकले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

१९ नम्वर वडाले मेयर पदकी उम्मेद्धार रेणु दाहाललाई जिताउन नसकेपछि माओवादीले मतपत्र च्यातेका थिए । सर्वाेच्च अदालतको आदेशपछि वडा नं १९ मा पुन मतदान हुने भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice