विहान प्रचण्ड कमरेडले बधाई दिनुभयो, दिउँसो हितराजको फोनले झस्कायो

काठमाडौं । नेपाली कांग्रेस जस्तै नेकपा माओवादी केन्द्रमा पनि अन्तिम समयमा मन्त्रीको सुचीबाट नाम हटेका सांसदहरुले असन्तुष्टी पोख्न थालेका छन् । नेकपा माआवादी केन्द्रबाट धेरै मन्त्री भइसके । प्रत्यक्षमा जितेका २५ मध्ये २१ जना मन्त्री भइसकेका छन् भने समानुपातिक धरै सांसद पनि मन्त्रीको कुर्सीमा बसिसकेका छन् ।

तर देउवा सरकारमा सवैभन्दा बढि चर्चा थियो, सीता नेपालीको । नेकपा माओवादी केन्द्रले उनको नाम चर्चामा ल्याएको थियो । तर सपथग्रहणकै दिन माओवादी केन्द्रका नेता हितराज पाण्डेले टेलिफोन गरेर भने तपाईलाई मन्त्री बनाउन सकिएन, अर्काे पटक मौका आउँछ ।

हितराज पाण्डेले टेलिफोन गर्नुभन्दा दुई दिनअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका थिए । अध्यक्ष लगायत धेरै नेताहरुले बधाई दिनुभएको थियो, म पनि ढुक्क थिएँ, तरपछि नाम काटिएको जानकारी हितराज कमरेडबाट थाहा पाँए, नेपालीले भनिन् ।

सीतालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनाउने आश्वासन प्रचण्डले दिएका थिए । सपथग्रहणका दिन विहान पनि प्रचण्डले सपथग्रहणको तयारी गर्न भनेका थिए । तर दिउँसा उनको नाम काटिएको जानकारी हितराज पाण्डेले दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice