मलाई पञ्चायतभन्दा बढि यातना शेरबहादुर देउवाले दिए

काठमाडौं । लामो समय कांग्रेसको कोइराला खेमामा भित्रिया बनेका चीनकाजी श्रेष्ठ पछिल्लो समय सभापति शेरबहादुृर देउवा खेमाका प्रिय पात्र बनेका थिए । तर चार दिनयता उनी निकै दुखि बनेका छन् । दुई साताअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस अनौपचारिक बैठकले श्रेष्ठलाई मन्त्री बनाउने टुंगो लगाएको थियो । सभापति तथा प्रधानमन्त्री देउवाले रक्षामन्त्रीको आश्वासन पनि दिए र सपथको तयारी गर्न आग्रह गरे ।

मन्त्री बन्ने पक्का भएपछि उनले परिवारजन र आफ्न्तलाई रक्षामन्त्री बन्ने भन्दै सुखद समाचार पनि सुनाए । परिवार, आफ्न्तजनले बधाई पनि दिए । बुधवार सपथको दिन थियो । उनी हतार हतार गरी दौरा सुरुवाल लगाउन लागिरहेका बेला प्रधानमन्त्रीको सचिवालयबाट टेलिफोन आयो ‘सरी यसपटक तपाईलाई मन्त्री बनाउन सकिएन अर्काे पटक बनाउँला ।’

त्यसपछि उनले निकै चिन्तित र हिनताबोध गरे । मन्त्रीकै लागि कोइराला क्याम्प छोडेर देउवालार्ई सघाउन पुगेका श्रेष्ठले पन्चायति शासनकाल सम्झिए । ‘पञ्चायतकाल भन्दा देउवाकालमा यातना बढि भयो’, उनले आफ्ना परिवारजनलाई भने । देउवाले रक्षामन्त्रीको आश्वासन दिएर सपथको तयारी गर्न भनेका श्रेष्ठको नाम मन्त्रीको सुचीबाट अन्तिममा हटाएका थिए ।

श्रेष्ठका ठाउँमा देउवाले महेन्द्र यादवलाई मन्त्री बनाए । प्रदेश नम्वर २ बाट सरकारमा प्रतिनिधित्व बनाउन उनले चीनकाजीलाई पाखा लगाएर महेन्द्र यादवलाई मन्त्री बनाए । पछिल्लो समय मन्त्रीकै आशमा कोइराला क्याम्प छोडेर देउवा क्याम्पमा जाने कांग्रेस नेताहरु जिल्लिएका छन् ।

13 Comments
  1. क्रमश: अर्जुन जोशी, चीनकाजी श्रेष्ठ र महेन्द्र यादव ।

  2. चिनकाजी दाई गिरिजावावुको पृयपात्र हुनुहुन्थ्यो । गिरिजावावुले देऊवालाई दिएको झड्का झै चिनकाजीदाईलाई वर्तमान लागेको होला ! तर वहाले आफ्नो कमजोडीलाई छुपाऊनुभयो । जे रोप्यो त्यही फल्ने प्राकृतिक नियम हो । चिनकाजी दाईको पछिलाग्ने कार्यकर्ता वहांलाई तेसै भन्दाहुन् । !!!

  3. आदरणीय मामा ज्यु ,
    कहिले सम्म हुन्छ यो देशमा स्वार्थको राजनिती ? पद र स्वार्थको लागि किन बेच्बु हुन्छ आफ्नु स्वाभिमानलाई ?यदि भोलिका दिनहरुमा अरु कुनै पार्टीले प्रधानमन्त्री बन्ने अबसर दियमा नेपाली कांग्रेस पनि परित्याग गर्नु हुन्छ होला सायद होईन ?बधाई छ तपाईहरुको त्यो नक्कली राजनितिक अनुहारहरुलाई !

  4. चिनकाजी श्रेष्ठ जि जे मन्त्री बनेपनी “कागलाइ बेलपाक्यो हर्स न बिस्मात!” बिगतमा मन्त्री बनेको बेलामा काठमाण्डौ मा आफ्नो घर बन्यो होला तर आफ्नै गाउमा एउटा धारो सम्म पनि उभिएन।आफ्नै आरुघाट बजार बिर्सिएका यिनि बाट हामी आफ्नै गाउठाउ का लाइ त केहि आश छैन अरु कस्ले आश गर्ने? यस्ता लाइ गर्नु पर्ने नै यस्तै हो।

    1. सिंगोसमाज, समाजवाद अलावा आमजनताको के कुरा आफ्नै कार्यकर्ता तथा पार्टीको प्रवाह नगर्ने तर सदा-सर्वदा नीच स्वार्थसिप्सामै ठालुवादी केन्द्रमा पाउपर्ने….लगभग ३० वर्ष गोरखा-जिल्ला राजनीतिक सत्ता कब्जा गरि सिन्को नभाच्ने….”भारतकाजीको कोटामा चिनिया-काजी” नपर्दा पञ्चायति यातनाको अनुभूति गर्ने “महाम्पखा-नेटा” जी ! कोइरालाको गुलामी पश्चात किलो-सेरे…”ट…ट्..ट् टर “मन्..ट्री” पाए ट…”के,पी..प्रचण्ड-खेमा” तिर जाँदा उपयुक्त होला कि !!!

  5. स्वार्थको राजनीति गर्ने लाई यस्तो भएकोमा निस्टाको राजनीति गर्ने हरु ले दिपावलि मनाउनु पर्छ ।

  6. चीन काजि श्रेष्ठ मन्त्रि हुन नपाएर,देउवाले पंचायतले भन्दा धेरै याताना दिए भन्दैछन् / मन्त्रि बन्ने भए चीनकाजि होइन भारतकाजि नाम राख्नुहोस / यत्ति नि थाहा छैन, देउवालाई चीन मन पर्दैन /

  7. तपाइँलाई RAw ले सिफारिस गरेन त के गर्नु । मन्त्रीमण्डल बिस्तार पूर्व RAW मान्छे भारतिय दूताबासमा आएका थिए त्यो बेलामा वास्ता गर्नु भएन छौ के गर्ने

  8. मन्त्री पद पाउदा राम्रो र नत्र पन्चायत को बेलाको क्रूरतासङ तुलना गर्न democrate को अपमान हो । सदबुधी आउस प्रमुख सचेतक ज्यु । तपाई को कथन फिर्ता लिनुहोस ।

  9. समाज, जनताको त के कुरा आफ्नै कार्यकर्ता तथा पार्टीको प्रवाह नगर्ने तर सदा-सर्वदा नीच स्वार्थसिप्सामै ठालुवादी केन्द्रमा पाउपर्ने….लगभग ३० वर्ष गोरखा-जिल्ला राजनीतिक सत्ता कब्जा गरि सिन्को नभाच्ने….”भारतकाजीको कोटामा चिनिया-काजी” नपर्दा पञ्चायति यातनाको अनुभूति गर्ने “महाम्पखा-नेटा” जी ! कोइरालाको गुलामी पश्चात किलो-सेरे…”ट…ट्..ट् टर “मन्..ट्री” पाए ट…”प्रचण्ड-खेमा” तिर जाँदा उपयुक्त होला !!!

  10. सिंगोसमाज, समाजवाद अलावा आमजनताको के कुरा आफ्नै कार्यकर्ता तथा पार्टीको प्रवाह नगर्ने तर सदा-सर्वदा नीच स्वार्थसिप्सामै ठालुवादी केन्द्रमा पाउपर्ने….लगभग ३० वर्ष गोरखा-जिल्ला राजनीतिक सत्ता कब्जा गरि सिन्को नभाच्ने….”भारतकाजीको कोटामा चिनिया-काजी” नपर्दा पञ्चायति यातनाको अनुभूति गर्ने “महाम्पखा-नेटा” जी ! कोइरालाको गुलामी पश्चात किलो-सेरे…”ट…ट्..ट् टर “मन्..ट्री” पाए ट…”के,पी..प्रचण्ड-खेमा” तिर जाँदा उपयुक्त होला कि !!!

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice