घुस लिंदै गर्दा सहायक सहकारी निरीक्षक पक्राउ

सेवाग्राहीबाट घुस लिंदै गर्दा डिभिजन सहकारी कार्यालय लाहानका एक कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उक्त कार्यालयका सहायक सहकारी निरीक्षक सुवास गड्तोला रहेका छन् ।
नयाँ सहकारी दर्ता गराउनका लागि राजविराज नगरपालिका ११ बाट गएकी प्रतिमा यादवसंग घुस लिंदै गरेको अवस्थामा अख्तियारको टोलीले गड्तौलालाइ पक्राउ गरेको हो।सेवाग्राही यादवबाट उनले लिएको १५ हजार बरामद गरिएको छ।
सेवाग्राही ति महिलाले विगत डेढ महिना अगाडी योग्य महिला कृषि सहकारी संस्था दर्ताका लागि फारम भरेकी थिइन् । तर निरीक्षक गड्तोला आलटाल गरी दर्ता प्रक्रिया अगाडी बढाउन मानेका थिएन् । एक महिना बितिसकेपछि गड्तोला ले सेवाग्राही महिलालाई रु. १० हजार रुपैया घुस लाग्ने बताएका थिए ।
घुस नबुझाई सरकारी प्रक्रिया अगाडी नबढ्ने भएपछी यादवले अख्तियारका डिएसपी रमेश बस्नेतसँग सम्पर्क गरेर सबै वृत्तान्त बताइन।त्यसपछि डिएसपी बस्नेतले घुस दिन भनेर भन्यो र रंगेहात समात्ने योजना बनाएका थिए ।
सेवाग्राही ति महिलाले आफू डेढ महिनामा करिब १५ पटक डिभिजन सहकारी कार्यालय धाएको बताइन् । आवश्यक पर्ने सबै कागजात पुरा गरेपनि कर्मचारी सुवास गड्तोलाले कुनै वास्ता गरेका थिएन, उनले भनिन्, ‘एक महिनापछि १० हजार माग्यो । रकम लिएर आउँछु भन्दा १५ हजार लिएर आउन भनेको थियो ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice