आज ५ बजे नयाँ मन्त्रीलाई सपथ, को–को लिदैछन् नयाँमन्त्रीको सपथ ?

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साँझ ५ बजे मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीलाई राष्टपति कार्यालय सितल निवासमा ५ बजे सपथ खुवाउने समय निर्धारण गरिएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले सपथको तयारी गर्न राष्टपति कार्यालयलाई आग्रह गरेका छन् । मंगलवार दिउँसो राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेललाई टेलिफोन गरी सपथको ब्यवस्था मिलाउन आग्रह गरेको स्रोतले बताएको छ ।

कांग्रेस र माओवादी केन्द्रका मन्त्रीले मात्र आज सपथ लिने भएका छन् । कांग्रेस र माओवादी दुवैले मन्त्रीको टुंगो लगाईसकेका छन् भने औपचारिकता दिन माओवादी केन्द्रको बैठक बसिरहेको छ ।

कांग्रेसबाट को–को मन्त्री

नेपाली कांग्रेसबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर, अम्बिका बस्नेत बलबहादुर केसी, रामकृष्ण यादव, र राजन केसी मन्त्री बन्ने भएका छन् । त्यसैगरी सरिता भीमसेनदास प्रधान र मोहनबहादुर बस्नेतले पनि आज सपथ लिने भएका छन् ।

त्यसैगरी माओवादी केन्द्रबाट गिरीराजमणी पोखरेल (स्वास्थ्य), टेकबहादुर बस्नेत (कृषि), श्यामकुमार श्रेष्ठ (सामान्य प्रशासन), शिवकुमार मण्डल (वाणिज्य), आशा खनाल (महिला बालबालिका) र महेन्द्रबहादुर शाही (उर्जा) मन्त्री बन्ने भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice