पार्टी उपसभापतिको लागि आफू योग्य भएको सुजाताको दावी

काठमाडौँ


नेपाली कांग्रेसको नेतृत्वभित्र पनि महिला सहभागिताका विषयहरु उठ्न थालेका छन् ।नेत्री सुजाता कोइरालाले पार्टीभित्र आफु उपसभापतिको लागि योग्य भएको र पार्टीभित्र महिलाहरुलाई स्थान नदिए ठूलो दशा भोग्नुपर्ने चेतावनी दिएपछि उक्त विषयले पार्टीमा हलचल मच्चाएको छ ।
‘पार्टीभित्र महिलाहरुलाई पनि स्थान दिनुपर्छ, उचित स्थान नदिए उत्साह मर्छ, सक्षम महिलाहरु धेरै छन्,’उनले भनिन्। उनले संविधानले उल्लेख गरे बमोजिम महिलाहरुलाई हरेक निकायमा सम्मानजनक उपस्थिति गराउनुपर्ने बताइन्। रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा कोइरालाले पार्टीभित्रको ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताइन्। ‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो, ग्रुपिज्म अन्त्य भएन भने पार्टी समाप्त हुन्छ, त्यसैले पार्टीभित्र अब सक्षम, इमान्दार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ, मन्त्रिमण्डल विस्तार गर्दा पनि त्यही अनुसार गर्नुपर्छ, फलानोको र ढिस्कानोको मान्छे भनेर मन्त्रिमण्डल र पार्टीका पदाधिकारी तथा केन्द्रीय कार्यसमितिमा नियुक्ति गर्नु उचित हुँदैन,’ नेतृ कोइरालाले भनिन्।
हरेक निकायमा संविधानले उल्लेख गरेबमोजिम महिलाहरुलाई उपस्थित गराएर जेन्डर ब्यालेन्स मिलाउनुपर्ने भन्दै कोइरालाले संसदमा पनि ३३ प्रतिशत महिलाहरुलाई अनिवार्य उपस्थित गराउनुपर्ने कुरामा जोड दिएकी छिन।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice