म फेरी प्रधानमन्त्री बन्दिन्, नयाँ पुस्तालाई कांग्रेसको नेतृत्व दिन तयार छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु अब अर्काे पटक प्रधानमन्त्री नबन्ने दावी भावी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्न चाहेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै देउवाले आफु पनि युवालाई कांग्रेसको नेतृत्व हस्तान्तरण गर्न तयार भएको बताए ।

केन्द्रीय समितिको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले नया पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताएका थिए । ‘म र शेरबहादुरजी ७० काटिसक्यौ, अब नयाँ पुस्तालाई नेतृत्व दिऔ, बैठकमा पौडेलले भनेका थिए ।

पौडेलले उठाएको प्रश्नको जवाफ दिँदै देउवाले आफु पनि युवालाई नेतृत्व दिन हतारिएको बताए । ‘चार पटक प्रधानमन्त्री भइसके अब फेरी प्रधानमन्त्री बन्ने मेरो चाहाना छैन’, देउवाले भने ‘अब नयाँ पुस्तालाई नेतृत्व दिन तयार छु ।’ उनले कांग्रेस कमजोर भए देश नै कमजोर हुने भएकाले पार्टीभित्र अनाहकमा बखेडा नझिक्न पौडेल पक्षलाई आग्रह गरे ।

केन्द्रीय समितिको बैठकमा पौडेल पक्षले देउवाको कडा आलोचना गरेको थियो । प्रधानन्यायाधीश माथीको महाअभियोग, प्रहरी महानीरिक्षकको नियुक्ति, र राम्रालाई भन्दा आफ्नालाई उम्मेद्धार बनाउँदा पार्टी कमजोर भएको टिप्पनी पौडेल पक्षले गरेको थियो ।

देउवाले सरकार विस्तार र पार्टीको केन्द्रीय समितिलाई तत्काल पूर्णता दिने बताए । काम गर्दा केही समस्या आउछन् तर म जसरी पनि सरकार र पार्टीलाई पूर्णता दिन लागिरहेको छु ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice