देउवा फेरी असफलताको चौबाटोमा, सारथीले नै थाले आलोचना

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टीका प्रभावशाली नेता सत्तासाझेदार दलहरुबाट आलोचित बन्न थालेका छन् । असफल प्रधानमन्त्रीको छवि बनाएका देउवा फेरी सरकार सञ्चालनमा असफलताको चौवाटोमा पुगेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले केन्द्रीय समितिको बैठकमा देउवाको निरन्तर आलोचना गरिरहेको छ । स्थानीय तहको निर्वाचनमा राम्रालाई भन्दा आफ्नालाई टिकट दिँदा पार्टी पराजय भएको, प्रहरी महानीरिक्षक नियुक्ति र प्रधानन्यायाधीशमाथीको महाअभियोग लगाउँदा देउवा गम्भिर गल्ति गरेको भन्दै केन्द्रीय समितिको बैठकमा पौडेल पक्षले आक्रमण गरिरहेको छ ।

देउवा पक्षका नेताहरुले केही बचाउ गरेपनि देउवाको कार्यशैलीप्रति अधिकाँस केन्द्रीय समिति सदस्यहरुले असन्तुष्टी जनाएका छन् । पार्टी र सरकारलाई पूर्णता दिन नसकेको आरोप पनि देउवालाई केन्द्रीय समिति बैठकमा लागिरहेको छ । महाधिबेशन भएको दुई बर्ष पुगिसक्दा पनि देउवाले केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन् ।

देउवाको आलोचना पौडेल पक्षले मात्र हैन प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले पनि गर्न थालेको छ । आइतवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवाको कार्यशैलीप्रति खुलेर आलोचना गरे । अब त अति भयो, जनतामा मुख देखाउनै गाह्रो भयो, सरकार विस्तार गरौ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु, दाहालले असन्तुष्टी पोख्दै भने ।

त्यसैगरी अर्काे सत्ता साझेदार दल फोरम लोकतान्त्रिकले पनि असन्तुष्टि जनाएको छ । सरकार गठनका बेला फोरम लोकतान्त्रिकलाई उपप्रधानसहित स्थानीय विकास, पर्यटन र भुमिसुधार मन्त्रालय दिने सहमति देउवाले गरेका थिए । तर अहिले पर्यटन मन्त्रालय दिन नसकिने बताएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयी कुमार गच्छदार रुष्ट बनेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice