सन्दीपले लिए ७ विकेट,मलेसिया ८९ रनमा अलआउट

काठमाडौँ


नेपालले यु -१९ विश्वकप छनोट अन्तर्गत जारी खेलमा मलेसियालाई ८९ रानाले अलआउट पारेको छ।कप्तान सन्दीप लामिछानेले ७ विकेट लिएपछि मलेसियाले ३५.१ ओभरमा सवै विकेट गुमाएर सो स्कोर बनाएको हो ।
अब हुने पाँचौ खेलमा ९० रनको लक्ष्यका साथ् नेपाल छिटै नै मैदानमा उत्रदैछ । टस जितेर फिल्डिङ रोजेको नेपालका बलरहरुले गतिलो प्रदर्शन गरेपछि मलेसिया सो स्कोरमा समेटिन बाध्य भएको हो। सन्दीपले पहिलो ओभरमै मलेसियाका ओपनर सयाद अजिजलाई ४६ रनमा पवेलियन फर्काए। ६६ बलको सामना गरेका अजिजले ७ चौका र १ छक्का प्रहार गरे। तर उनीबाहेक मलेसियाली ब्याट्सम्यानहरुले सम्झन लायककुनै प्रदर्शन गर्न सकेनन । उसका चार ब्याट्सम्यानले खाता नै खोल्न सकेनन्।
९.१ ओभर बलिङ गरेका कप्तान सन्दीपले ७ विकेट लिने क्रममा १ ओभर मेडन राख्दै १३ रन मात्रै खर्चिए। त्यस्तै, साहब आलमले नेपालका लागि २ विकेट लिए।सिंगापुरमा जारी प्रतियोगितामा नेपालले हालसम्म खेलेका ५ वटा खेलमा ४ जित र १ पराजय भोग्दै अंकतालिकको दोस्रो स्थानमा छ। नेपाल अहिलेसम्म अफगानिस्तासँग मात्रै पराजित भएको छ।
अफगानिस्तान भने हालसम्म खेलेका चारवटै खेलमा जीत निकाल्दै अंक तालिकाको शीर्षस्थानमा रहंदै आएको छ । नेपालले मंगलबार पुनः एकपटक अफगानिस्तानसँग खेल्नेछ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice