पेप्सी कम्पनीद्धारा मानव स्वास्थ्यमा गम्भिर खेलवाड, डीउ बोटलमा भेटिए ज्यानमारा बिषादी

काठमाडौं । बर्षायामसँगै प्रचण्ड गर्मीको बेला छ । गर्मी छल्न चिसो पेय पदार्थको सहरा लिने नेपालीहरुको संख्या बर्षेनी बढ्दै गएको छ । तर नेपालमा बिक्रि भइरहेका पेय पदार्थहरु बिष जस्तै बिषाक्त हुने गरेका तथ्य फेला परेका छन् ।

नेपालमा बिक्रि वितरण हुँदै आएका कोक, फ्यान्टा, पेप्सी र डीउमा अखाद्य पदार्थहरुको मिसावट भेटिन थालेका छ । मानवीय स्वास्थ्यमा गम्भिर असर पार्ने गुटका समेत बोटलमा भेटिएका छन् । केही साताअघि सल्यानको सल्लीबजारमा स्थानीय शिक्षक पुष्कर बुढा चिसो पिउन मालारानी कोल्ड स्टोरमा पुगे । ‘साहुजी दाई चिसो दिनुहोस न’ शिक्षक बुढाले मागे अनुसार साहुजीले डीउ दिए । तर डीउमा पुकार नामको अखाध्य बस्तु भेटियो ।

भारतीय बजारमा निकै चल्तिमा रहेको पुकार नामको गुटका एउटै बोटलमा तीन वटा देखियो । मानव स्वास्थ्थका लागि निकै हानिकारक सुर्तिजन्य पदार्थ गुटका भेटिएपछि शिक्षक बुढाले चिसो पेय पदार्थ नै पिउन छोडे । ‘मानव स्वास्थ्यका लागि जोखमपूर्ण देखेपछि मैले पेय पदार्थ पिउन छाडे’ शिक्षक बुढाले भने ‘यस्ता कम्पनीबाट कडा कारवाही हुन जरुरी छ ।’

कोल्ड ड्रिङसमा अखाद्य पदार्थ भेटिएको यो पहिलो पटक होइन । सयौ स्थानमा भेटिने गर्दछन् । आँखाले देखेसम्म उपभोत्ताले पिउन छाडेपनि आँखाले नदेखिने कयौ अखाद्य बस्तु मानिसहरुले सेवन गरिरहेका छन् ।

मानव स्वास्थ्यमा गम्भिर असर पर्ने बस्तु मिसावट गरिएका पेय पदार्थहरु नेपाली बजारमा खुल्लम खुल्ला बिक्रि भइरहेका छन् । तरपनि अनुगमण गर्ने निकाय र सरकार मौन बसेको छ । पेय पदार्थमा मिसावट देखिएपछि उपभोक्ता हित संरक्षण मञ्च, खाद्यबस्तु गुणस्तर विभागमा दर्जनौ उजुरी परेका छन् ।

तरपनि ति कम्पनीहरुलाई सामान्य चेतावनी समेत सरकारले दिएको छैन । उपभोक्ता हित संरक्षण ऐन २०५४ ले खाद्य बस्तुमा अखाद्य बस्तु मिलावट गरेर बिक्रि वितरण गरे ५ लाख जरिवाना र १३ बर्ष कैद सजाय तोकेको छ । ‘यस्ता उत्पादक कम्पनीहरुलाई तीन तरिकाबाट अनुगमण र कारवाही हुने हामीसँग कानुनी ब्यवस्था छ’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा अधिबक्ता ज्योति बानियाँले भने ‘ उपभोक्ता हित संरक्षण ऐन २०५४, कालोवजारी ऐन, खाद्य गुणस्तर ऐन अनुसार कारवाही गर्न सकिन्छ ।’

उता पेप्सी, डीउ उत्पादन कम्पनीले भने ल्याव टेष्ट नगरी केही भन्न नमिल्ने बताएको छ । वरुण बेभरेजका मार्केटिङ म्यानेजर सुशील तुलाधरले भने ‘ग्लासको बोटल हो भने त्यो हाम्रो नै कम्पनी हो, तर त्यसमा भेटिएको अद्याय बस्तुका बारेमा ल्याव टेष्ट नगरी थाहा हुँदैन ।’ उनले कुनै ब्यक्तिबाट ढक्कन खोलेर बदमासी भएको हुनसक्ने बताए । तर ढक्कन खोलिएको अबस्थामा डीउ थिएन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice