सर्वाेच्च अदालतमा आज दुई चर्चित मुद्दाको बहस, एउटा भ्रष्टाचार अर्काे राजनीतिक ताण्डप

काठमाडौं । सर्वाेच्च अदालतमा पछिल्लो समयका दुई चर्चित मुद्दाको आइतवार सुनुवाई भइरहेको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको रिट सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ भने, भरतपुर काण्डको २ नम्वर इजलासमा सुनुवाई हुने भएको छ ।

भरतपुर महानगरपालिका वडा नं १९ मा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेका थिए । माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नं १९ मा पुन मतदान गराउन आदेश दिएको थियो ।

निर्वाचन आयोगको निर्णयबिरुद्ध एमाले स्थानीय नेता गञ्जमान विक र अधिबक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए । पुन मतगणनाको माग गर्दै दायर गरिएको रिटमाथी आज सुनुवाई हुँदैछ । यसअघि आधा दर्जनभन्दा बढि पटक मुद्दाको सुनुवाई भइसकेको छ ।

त्यसैगरी आइतवार नै ३३ अर्बभन्दा बढि भ्रष्टाचारको आरोप लागेका कर फछर्याैट आयोगका सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माकी पत्नीले दायर गरेको रिटमा सुनुवाई भइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेपछि उनकी पत्नीले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन । पति शर्मालाई अख्तियारले गैरकानुनीरुपमा पक्राउ गरेको र मानसिक तनाव दिएको भन्दै उनले रिहाईको माग गरेकी थिइन ।

सर्वाेच्च अदालतले पहिलो चरणको सुनुवाईपछि गम्भिर कानुनी प्रश्न उठेको भन्दै रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो । न्यायाधीशहरू दीपकराज जोशी, दीपकुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलाशमा सुनुवाई भइरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice