म र शेरबहादुरजी ७० काटिसक्यौ, कांग्रेसको नेतृत्व नयाँ पुस्तालाई दिऔ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्व अब भावी पुस्तालाई दिनु पर्ने तर्क गरेका छन् । शनिवारदेखि बसेको पार्टी केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचन परिणाम, सरकार गठन जस्ता बिषयमा समिक्षा गर्दै नेता पौडेलले कांग्रेसको नेतृत्व नयाँ पुस्तालाई दिने बेला भएको बताए ।

‘म र शेरबहादुरजी ७० कटिसक्यौ, कांग्रेसको नेतृत्व नयाँ पुस्तालाई दिएर हामीले सन्यास लिनु पर्दछ’, बैठकमा पौडेलले भने ‘आगमी चुनावमै कांग्रेसको नेतृत्व नयाँ पुस्तालाई भन्ने नारा नै दिनु पर्दछ ।’

पौडेलले २०५१ सालको निर्वाचनमा कांग्रेस पराजित भएपछि तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले २०५६ सालको निर्वाचनमा भावी नेतृत्व किशुनजीको भन्ने नारा दिएको र त्यही नाराले फेरी कांग्रेसलाई पहिलो शक्ति बनाएको अनुभव बैठकमा सुनाए । ‘अब हामीले जति गर्नुपथ्योे गरयौ तर अब कांग्रेसको नेतृत्व नयाँ पुस्तामा दिने नारा दिएपछि मात्र आगमी चुनावहरु जित्न सकिन्छ’, पौडेलले भने ।

स्थानीय तहको निर्वाचनमा कांग्रेस पराजित नभई नेतृत्व पराजित भएको उनले बताए । ‘म निर्वाचन परिचालन समितिको संयोजक हुँ मैले पनि जिम्मेवारी लिनु पर्दछ’, उनले भने ‘म भन्दा बढि जिम्मेवारी शेरबहादुरजीले लिन जरुरी छ ।’ निर्वाचनका बेला गलत निर्णय लिनु, कार्यकर्ताको मनोबल गराउने काम गर्नु नै कांग्रेस पराजयको कारण बनेको उनले बताए ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकाँस केन्द्रीय सदस्यहरुले तत्काल सरकारलाई पूर्णता दिन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

5 Comments
  1. यसो गरे काङ्ग्रेसको इतिहासमा अमर हुनेछौं बुढा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice