अन्तः बाबुरामको पार्टी उपेन्द्र यावदसँग बिलय, १५ साउनमा एकताको घोषणा

काठमाडौं । माओवादीबाट बिद्रोह गरी नयाँ पार्टी बनाएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपेन्द्र यादव नेतृत्वको पार्टीमा बिलय हुने भएका छन् । डा. भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति र उपेन्द्र यादवले नेतृत्व गरेको संघिय समाजबादी फोरम नेपालबीच एकीकरण हुने भएको छ । एकीकरणपछि पार्टी अध्यक्ष उपेन्द्र यादव रहने सहमति भएको नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले बताए ।

‘पदीय पर्यादामा बाबुरामजी पहिलो, उपेन्द्रजी दोस्रो र अशोक राई तेस्रो रहने सहमति भएको छ’ देवकोटाले भने ‘तर पार्टी अध्यक्ष भने उपेन्द्रजी हुनुहुनेछ ।’ दुवै पार्टीले १५ साउनमा एकीकरणको घोषणा गर्ने अनौपचारिक सहमति गरेका छन् ।

जीवनका २५ बर्ष कडा संघर्ष गर्दा पनि माओवादी पार्टीको नेतृत्व प्रचण्डले नदिएको भन्दै भट्टराईले माओवादी पाटी परित्याग गरेका थिए । पार्टी परित्यागपछि नयाँ शक्ति निर्माण गरे । नयाँ शक्तिले नयाँ जोस देखाउन नसकेपछि उनी उपेन्द्र यादवको पार्टीमा समाहित हुने भएका छन् ।

स्रोतका अनुसार पार्टी अध्यक्ष उपेन्द्र, सर्वाेच्च नेता डा.बाबुराम र बरिष्ठ नेता अशोक राई हुने सहमति भएको छ । मर्यादाक्रममा बाबुराम पहिलो भएपनि कार्यकारीका हिसावले उपेन्द्र पहिलो हुने भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice