वडाध्यक्षलाइ लाग्यो दलितमाथि कुटपिटको आरोप

तम्घास


गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर–५ ग्वाघाका नवनिर्वाचत वडाध्यक्ष टेकबहादुर पुनले अपाङ्गता भएका दलित मानबहादुर बिकलाई कुटपिट गरेको आरोप लागेको छ।

१ साउनका दिन घर नजिकै वसिरहेका बिकलाई वडाध्यक्ष पुनले आएर एक्कासी कुटपीट गरेको र त्यसबाट बिकको कानको जाली फुटेको पीडितको परिवारले बताएको छ। कुटपिटबारे चन्द्रकोट ईलाका प्रहरी कार्यालयमा उजुरी परेपछि त्यसबारे कार्यालयमा छलफल चलिरहेको छ।

‘उजुरीबारे हामीले आवश्यक छानविन गरिरहेका छौं, सोधपुछ पनि भइरहेको छ’ इलाका कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर कुँवरले भने।

चुनावको विषयलाई भनाभन हुँदा विकमाथि कुटपिट भएको भनाइ स्थानीयवासीको छ। कुटपिटका आरोपित वडाध्यक्ष पुन एमालेका हुन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice