खानेपानी मन्त्रालयमा दोहोरियो आइजिपि काण्ड, पहिलो र दोस्रो पाखा तेस्रोलाई निर्देशक !

काठमाडौ । खानेपानी मन्त्रालयमा अर्काे आइजिपि काण्ड दोहोरिएको छ । मेलम्ची खानेपानी आयोजना (दोश्रो) को आयोजना कार्यन्वयन निर्देशनालयमा आयोजना उप निर्देशक नियुिक्तमा वरिष्ठता मिचेर निर्णय गरेको भेटिएको हो ।

उक्त आयोजनामा खानेपानी तथा ढल निकास विभागबाट काजमा खटिएका ५ जना सिडिईहरुमध्ये वरिष्ठताको क्रममा तेश्रो स्थानमा रहेका सिडिई सूर्यराज कँडेललाई अनियमित तरिकाले उक्त पदमा नियुक्त गरिएको छ । बरिष्ठताको पहिलो क्रममा रहेका हरिप्रसाद पाण्डे र दोश्रो वरिष्ठताको क्रममा रहेका नन्दलाल वञ्जाडेलाई सोही कार्यलयमै राखेर तेश्रो क्रममा रहेका कँडेललाई आयोजना उप निर्देशक बनाइएको छ ।

सिडिई नन्द बञ्जाडेले २२ जेष्ठमा काज फिर्ताकोे  निवेदन खानेपानी मन्त्रालयका सचिव भीम उपाध्यायलाई दिएका थिए । २३ दिन पछाडि १५ असारमा मात्र निवेदन दर्ता गराएको  नन्द बञ्जाडेले बताए ।

निजामति सेवा ऐन बमोजिम एकै कार्यलयमा सिनियरलाई जुनियरको मातहतमा राख्न नपाउने प्रष्ट प्रावधानमा उल्लेख गरिएको छ । गत जेष्ठ १९ गते आयोजना कार्यन्वयन निर्दशनालयका आयोजना निर्देशक तिरेश प्रसाद खत्रीलाई चर्काे दबाब दिई प्रस्ताव तयार गर्न लगाई मन्त्रालयको प्रशासन महाशाखाको राय वेगर सचिव उपाध्यायले आफ्नो मनोमानी र वदनीयतपूर्वक कामचलाउ सरकारका मन्त्रीलाई भ्रममा राखेर निर्णय गराएका प्रमाण समेत फेला  परेको छ ।

मन्त्रालयका एउटा कर्मचारीको फाइल समेत २३ दिनसम्म घर्रामा थन्काएर सचिव उपाध्यायले कामचलाउ मन्त्री भएको समयमा एकै दिनमा निणय गराएको भेटिएको छ ।

मन्त्रालय स्रोतका अनुसार,मन्त्रालयमा कार्यरत शाखा अधिकृत,उपसचिव र सह सचिवहरु कानुनता वरिष्ठता मिच्न नहुने तर्कका वावजुत लिखित राय माग गरे पनि राय नआउदै एकै मितिमा उक्त निर्णय गरिएको भेटिएको हो ।(माथि तस्विरमा हेर्नुहोस)

सदाचारका गफ जोतेर नथाक्ने उपाध्यायलाई सचिवको हैसियतले उनलाई दिएको वा २ झ १४७६ को कार ले नपुगी मेलम्ची दुई पिआइडीको नयाँ यसै वर्ष खरिद गरिएको स्क्रपियो गाडि र प्राइभेट नम्बर प्लेटको बा ४ च ६६६१ नम्बरको मेलम्ची खानेपानी अयोजनाको गाडि आफैंले प्रयोग गर्दै आएको मन्त्रालय सूत्रको दाबी छ ।

सामाजिक सञ्जालमा आर्दश,सुशासन र सदाचारको कुरा खोकेर नथाक्ने सचिव उपाध्याय खानेपानी मन्त्रालयमा आए देखि विदेश नगएको बताएर अरुलाई गुमराहमा पार्दै आएका भए पनि मन्त्रालयमा आएको साता दिन नबित्दै उनी चीन भ्रमणमा गएका थिए भने आगामी जुलाई ३० तारिखका दिन सह सचिवस्तरको खानेपानी विभागको उप महानिर्देशक सुनिल कुमार दासलाई आएको कोटामा दातृसंष्था एसएनभि लाई दबाब दिई आफ्नो निम्ति समेत पछिबाट कोटा थप गराई अष्टे«लियाको ब्रिसवेन र सिड्नीमा जाँदैछन ।

आगामी भाद्र ११ मा अवकाश पाउन लागेका सचिव आफूले अवकाश पाउने १५ दिन अगाडि विेश भ्रमण गरेर उनीबाट राष्टले के पाँउलान ? अहिले उनको लोभ र लालचीका बारेमा खानेपानी मन्त्रालयमा कर्मचारीहरुले नै कुरा उठाउन थालेका छन ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice