टेलिकमले ल्यायो नयाँ सुविधा,ल्याण्डलाइन टेलिफोनको पाँच सेवा नि:शुल्क

नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन सेवाका पाँच सेवाहरुमा लाग्ने शुल्क हटाएको छ । गत १ गतेदेखि लागु हुने गरी कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा (कलर आईडी), आइएसडी सेवा आफैले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी सोही दुई अंक थिची नम्बर डायल गर्न सकिने सेवामा शुल्क नलाग्ने भएको छ।

एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट हुनेसुविधा, टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभट हुने, ६ पटकसम्म घण्टी बजेर पनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने सेवामा शुल्क नलाग्ने भएको हाे।

यसैगरी, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने वेक अप कल र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने कल वेटिङ सुविधा र टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड आफैले टेलिफोन सेटबाट परिवर्तन गर्दा पनि शुल्क नलाग्ने टेलिकमले जनाएको छ।

One thought on “टेलिकमले ल्यायो नयाँ सुविधा,ल्याण्डलाइन टेलिफोनको पाँच सेवा नि:शुल्क

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice