सर्वाेच्चले भन्यो : चुडामणि शर्मालाई हिरासतमै राख तर मुद्दाको कारवाही अघि नबढाउ

काठमाडौं, । १० अर्बभन्दा बढि भ्रष्टाचारको आरोप लागेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्माको मुद्दा तत्काल अघि नबढाउन सर्वाेच्च अदालतले आदेश दिएको छ । शर्माको मुद्दामा गम्भिर कानुनी प्रश्न उठेको भन्दै सर्वाेच्च अदालतले मुद्दालाई यथास्थितिमै राख्न आदेश दिएको छ ।

न्यायाधीशहरु चोलेन्द्र शमसेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शर्माको मुद्दा पूर्ण इजलासमा पठाउँदै गम्भीर कानूनी प्रश्न उठेकोले तत्काल अघि नबढाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तीन जनाबिरुद्ध विशेष अदालतमा १० अर्ब भ्रष्टाचारको मुद्दा दायर गरिसकेको छ । सर्वाेच्च अदालतको आदेशपछि मुद्दाको कारवाही अगाडी नबढ्ने भएको छ ।
शर्माकी पत्नीले गैरकानुनीरुपमा पतिलाई थुनामा राखेको भन्दै रिट दायर गरेकी थिइन । रिटमा रिहाईको माग गरिएपनि सर्वोच्च अदालतले भने हिरासतमै राख्न आदेश दिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice