प्रहरीले पक्राउ गर्यो गायक बद्री पंगेनीलाइ

काठमाडौँ


जुवाखालमा बसेर होहल्ला गरेको आरोपमा चर्चित लोक दोहोरी गायक बद्री पंगेनीसहित ११ जनालाइ प्रहरीले बाँसबारीबाट पक्राउ गरेको छ।महाराजगंज प्रहरीले उक्त समुहलाई भाडामा लिइएको कोठाबाट दुइ लाख चालिस हजार नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

तर, पंगेनी कलाकार समेत भएको भन्दै प्रहरीले केही बताउन चाहेको छैन । स्रोतका अनुसार उनलाई प्रहरी हिरासतमा पनि छुट्टै राखिएको थियो र उनी छुट्ने पक्रियामा छन् ।

यता गायक पंगेनीले जुवा खेलेको हेर्न जादाँ आफू पक्राउ परेको प्रतिक्रिया दिएका छन् । पंगेनी लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्षसमेत हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice