७ सय ४४ स्थानीय तहमा छाया सरकार गठन गर्ने माओवादी केन्द्रमा प्रस्ताव

काठमाडौ । नेकपा माओवादी केन्द्रको विस्तारित बैठकमा ७ सय ४४ स्थानीय तहमा छाया सरकार गठन गर्नु पर्ने प्रस्ताव दर्ज भएको छ । स्थानीय तहको निर्वाचनमा एमालेले क्लिन स्वीप गरेको धनकुटाका इन्चार्ज तथा पार्टी पोलिटव्यूरो सदस्य हेमराज भण्डारीले यस्तो लिखित प्रस्ताव राखेका छन् ।

धनकुटामा एक सिट पनि जित्न नसकेपछि उनले पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएका थिए । बैठकमा उपस्थित नभएका भण्डारीले प्रदेश नम्वर १ का इन्चार्ज गोपाल किराँती मार्फत यो प्रस्ताव दर्ज गरेका हुन् ।

प्रचण्डलाई सम्वोधन गर्दै राखिएको प्रस्तावमा सुशासन कायम राख्न, भ्रष्टाचार बिरुद्ध खवरदारी गर्न, स्थानीय तहमा गएको अधिकार बारे जनतालाई सचेतना फैलाउन छाया सरकार गठन गर्नुपर्ने बताइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice