कर फछर्याैट ऐन खारेज गर्न सरकारलाई अर्थ समितिको निर्देशन

काठमाडौं । पञ्चाययी शासनकालमा बनेको कर फछर्याैट ऐन तत्काल खारेज गर्न ब्यवस्थापिका संसदको अर्थसमितिले सरकारलाई निर्देशन दिएको छ । कर फछर्याैट ऐन अन्र्तगत बनेको कर फछर्यौट आयोगका पदाधिकारीहरुले अर्बाै रकम भ्रष्टाचार गरेको तथ्य अख्तियारले बाहिर ल्याएपछि ऐन खारेजी गर्न अर्थ समितिले निर्देशन दिएको छ ।

कानुन र अदालतले समेत छुन नसक्ने अधिकार कर फछर्याैट आयोगले पाएको थियो । त्यही ऐनमा टेकेर बनेको कर पछर्यौट आयोगका अध्यक्ष, सदस्य र सदस्य सचिवले अर्बै भ्रष्टाचार गरेको तथ्य बाहिर आएपछि अर्थसमितिले यस्तो निर्देशन दिएको हो ।

सोमबार सिंहदरवारमा बसेको अर्थसमितिको बैठकले कर फछर्याैट ऐन २०३३ का केही प्रावधान अन्य कानुनसँग बाझिएको र ऐन अन्र्तगत बनेको आयोगको काम कारवाही भ्रष्टाचारजन्य भएको ठहर गरेको छ । ‘कर फछर्याैट ऐन अन्य कानुनसँग बाझिने र त्यस अन्तर्गत बनेका आयोगका काम कारवाही सन्तोषजनक नभएपछि खारेजी गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएका छौ’ समितिका सभापति प्रकाश ज्वालाले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice